नियम ६४
विदा माग गर्ने विधि
(१) विदाको निकासाको निमित्त निजामती कर्मचारीले आफूलाई चाहिएको विदाको अवधि, कारण र विदेश जानु
पर्ने भए सो समेत खोली अनुसूची–१३ को ढमंचामा आफ्नो कार्यालय मार्फत विदा दिने अधिकारी समक्ष निवेदन पेश गर्नु पर्नेछ र
विदा दिने अधिकारीले पनि विदा स्वीकृत वा अस्वीकृत भएको सूचना सो कर्मचारीलाई दिनु पर्नेछ ।
(१क) उपनियम (१) बमोजिम माग भएको विदामध्ये देहाय बमोजिमको विदा देहाय बमोजिमको अवधिमा स्वीकृत वा
अस्वीकृत गर्नु पर्नेछ –
(क) घर विदा र विरामी विदाको हकमा सात दिनभित्र,
(ख) असाधारण विदा र अध्ययन विदाको हकमा साठी दिनभित्र ।
(१ख)……
(२) देहायको कुरामा विदा दिने अधिकारीलाई चित्त बुझेमा निजले निवेदनको मितिभन्दा अगाडिदेखिको मितिबाट विदा स्वीकृत
गर्न सक्नेछ ः-
(क) विदा दिने अधिकारीको पूर्व स्वीकृति लिन सम्भव थिएन भन्ने,
(ख) पूर्व स्वीकृति प्राप्तिको लागि निवेदकले सकभर प्रयास गरेको थियो भन्ने ।
तर विदा स्वीकृत नगराई लगातार नब्बे दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित भएको निजामती
कर्मचारीको हकमा विदा स्वीकृत गरिने छैन ।
(३) अध्ययन विदाको लागि निवेदन दिंदा अरु कुराको अतिरिक्त मुख्यतः देहायका कुराहरु उल्लेख गर्नु पर्नेछ ः-
(क) आफूले अध्ययन गर्न खोजेका विषयको विवरण,
(ख) अध्ययन गरिने विश्वविद्यालय, संस्था वा प्रशिक्षण केन्द्रमा प्रवेश गर्ने स्वीकृति प्राप्त भएको विवरण,
(ग) नेपाल सरकारलाई त्यस्तो विदाको सम्बन्धमा विचार गर्न सहायक हुने अन्य आवश्यक विवरण ।